नियम १२२
नक्कल दिने
नक्कल शाखाले नक्कलको लागि लाग्ने दस्तुरको हिसाब गरी निवेदकलाई बताउनु पर्छ र निवेदकले सो दस्तुर दाखिल गरेपछि साधारणतः उसैदिन सकभर छिटो गरी फोटोकपी गरी वा नक्कल सारी वा सार्न लगाई निवेदनपत्रको निर्धारित ठाउँमा निवेदकको सही गराई नक्कल दिनु पर्छ।